Skip to content
My Perspective
Go back

Structural Dividend

Written by Keshav Rijal

जसलाई जति धेरै प्रकारका संरचनात्मक लाभांश जस्तै भौगोलिक लाभांश, लैङ्गिक लाभांश,जातवादी लाभांश, भाषिक लाभांश, वर्गिय लाभांश, शारीरिक लाभांश प्राप्त हुन्छन्, उसमा त्यति नै प्रकारका संरचनात्मक असंवेदनशीलताहरू विकसित हुने सम्भावना रहन्छ। ती असंवेदनशीलताहरूलाई पहिचान गरी तिनबाट मुक्त हुन प्रत्येक व्यक्तिले जीवनभर आफैँसँग कठिन र आत्मसमीक्षात्मक प्रश्नहरू सोधिरहनुपर्छ।

उदाहरणका लागि—यदि म पुरुषको सट्टा महिला, गैरदलितको सट्टा दलित, मध्यमवर्गीयको सट्टा श्रमिक, वा पहाड होइन दुर्गम तराईको परिवारमा जन्मिएको भए, मेरो जीवनयात्रामा कस्ता-कस्ता चुनौती र अवरोधहरू सामना गर्नुपर्ने थियो होला? संरचनात्मक लाभांश रहित मेरो MERIT कहाँ सम्म पुग्थ्यो होला?

(P.S.सन्जीव उप्रेतीको “संरचनात्मक लाभांश” बाट प्रभावित)


Share this post:

Previous Post
The Trolley Problem
Next Post
The Attention Economy