तपाई एउटा रेलगाडीमा हुनुहुन्छ।रेलगाडी आफ्नो पटरी/रेलमा गुँडीरहेको छ। तँपाईले उक्त गुडिरहेको रेलगाडी भन्दा केही अगाडी पटरीमा पाँच जना मानिस बाधिएको देख्नुहुन्छ।उक्त रेलगाडी सिधा गुडीरह्यो भने अगाडी बाधिँएका पाँच जना मानिसलाई रेलगाडीले किचेर मार्ने निश्चित छ।रेलागाडीमा तपाई उभिएको ठाँउमा उक्त रेलगाडीलाई सिधा नलगी अन्तै मोड्ने लिभर/स्विच पनि छ।तँपाईले लिभर/स्विच प्रयोग गरी रेलगाडीलाई मोडेर अर्को पटरीमा लान पनि सक्नु हुन्छ। तपाँईले त्यसो गर्नुभयो भने पाँच जानाको जीवन बच्दछ। तर अर्को/वैकल्पिक पटरीमा पनि एक जना बाँधिएको मानिसलाई तपाईले देख्नुहुन्छ।तपाईले उक्त रेलगाडी अर्को पटरीमा मोड्नुभयो भने उक्त बाँधिएको एक जनाको मृत्यु निश्चत छ।यस्तो अवस्थामा तपाई के गर्नुहुन्छ?
१. लिभर/स्विच प्रयोग नगरी रेलगाडीलाई सिधा गुडीरहन दिनुहुन्छ।
२. रेलगाडीलाई अर्को/वैकल्पिक पटरीमा मोड्नुहुन्छ र एक जनाको मृत्यु भएपनि पाँच जनालाई बचाउनुहुन्छ।

उल्लेखित नैतिक दुविधा र सङ्कटको अवस्थालाई नै The Trolley Problem/ trolley dilemma भनेर बुझ्ने गरेको पाईन्छ । The Trolley Problem को कुनै निश्चित समाधान छैन। अन्य धेरै नैतिक/ दर्शनिक समस्याहरू जस्तै, The Trolley Problem समाधानका लागि होइन, बरु सोच उत्पन्न गर्न र एउटा बौद्धिक बहस सिर्जना गर्न बनाइएको हो ।यसबाट नैतिक दुविधाहरू समाधान गर्न कति कठिन हुन्छ भन्ने कुरा बुझ्न सकिन्छ।यसले मानवीय नैतिक क्षमतामा भएका सीमाहरूलाई समेत उजागर गरेको पाईन्छ।हाम्रो व्यक्तिगत, सामाजिक, राजनितक, प्रसाशनिक, न्यायिक एंव कानूनी क्षेत्रमा पनि The Trolley Problem का अनेक स्वरुपहरु देखिन सक्छन्।हरेक प्रसङ्गमा एउटा निश्चित कुरा मात्रै ठिक हुन्छ भन्ने पनि हुँदैन।हरेक प्रश्नको सही नैतिक उत्तर नहुन पनि सक्दछ।