Skip to content
Keshav Lekhxa
Go back

तीन प्रश्न

एकादेशमा एक जना राजा थिए । एक दिन उनलाई दिमागमा एउटा विचार आयो--- यदी मलाई तीनवटा प्रश्नको उत्तर थाहा भयो भने त म जीवनमा कहिल्यै असफल हुने थिँइन । 

पहिलो प्रश्न, कुनै पनि काम गर्नको लागि सबैभन्दा सही समय कुन हो ? (what is the right time to begin anything) दोस्रो प्रश्न, सबै भन्दा महत्वपुर्ण मान्छे को हो ? (who are the most important person)  तेस्रो प्रश्न, सबैभन्दा महत्वपुर्ण काम के हो ? (what is the most important thing to do)

यी प्रश्नहरुको उत्तर थाहा पाउने इच्छालागेर राजाले यी तीन प्रश्नको जसले सही उत्तर दिन सक्दछ उसलाई ठूलो इनाम दिने घोषणा गरे । राजाको घोषणा पछि इनाम पाउने आशाले देशका विभिन्न ठाँउबाट मानिसहरु राजाको दरबारमा आएर उत्तर दिन थाले ।

पहिलो प्रश्न, कुनै पनि काम गर्नको लागि सबैभन्दा सही समय कुन हो?, को सम्बन्धमा, केहीले time table बनाएर काम गर्नूपर्ने भने, केहीले ठ्याक्कै यही भन्ने नै हुन्न, हर हमेसा तयार हुनुपर्छ भने, कोहिले बुद्धिजीविहरुलाई थाहा हुन्छ भने, कोहिले चाहि यस्तो सही समय त जादुगरलाई मात्र थाहा हुन्छ भने, त्यसलै जादुगरलाई सोध्नुपर्छ भने । 

दोस्रो प्रश्न(सबै भन्दा महत्वपुर्ण मान्छे को हो ?) को सम्बन्धमा पनि मान्छेहरुले फरक फरक उत्तर दिए, कोहिले भने सबभन्दा महत्वपुर्ण मान्छे, राजाको सल्लाहाकारहरु हो भने । कोहिले राज पुरोहित, कोहिले डाक्टर भने, कोहिले सिपाहीहरु हो भने । 

तेस्रो प्रश्न(सबैभन्दा महत्वपुर्ण काम के हो ?) को सम्बन्धमा पनि मान्छेहरुको समान उत्तर आएन । कसैले सबैभन्दा महन्वपुर्ण काम विज्ञानको विकास गर्नु हो भने, कसैले युद्ध हो भने, कसैले धर्म कर्म हो भने । 

सबै प्रश्नको समान उत्तर नआएको देखेर राजालाई यी तीन प्रश्नको सहि जवाफ अझै नआएको लाग्यो र उत्तर दिने सबैलाई इनाम नदिई खाली हात फर्काए । र उनीले सही उत्तर पत्ता लगाएरै छाड्ने निधो गरे । राजालाई कसैले जानकारी दियो कि, जंगलमा एक जना ज्ञानि साधु वस्छन्, उनैले यी तीन प्रश्नहरुको सही उत्तर दिन सक्दछन् । ती साधु दरवारमा आएर उत्तर नदिने थाहा पाएर राजा आफै साधुको जंगलमा रहेको कुटीमा जाने निर्णय गरे । 

उनी आफ्नो घोडा, सुरक्षा सेनाहरुलाई कुटिको केहि भाग वर नै रोकेर उनी मात्र साधुको कुटिमा एक सामान्य मानिस बनेर साधुकाँहा पुगे । राजा त्यँहा पुग्दा ती साधु जमिन खनिरहेका थिए । साधुले राजालाई देखे र सामान्य चिना परिचर्चा गरेर फेरि आफ्नो काममा लागे । साधुले खनेको केहीबेर हेरेर राजाले साधुसँग भने “तपाई धेरै ज्ञानी हुनुहुन्छ भन्ने थाहा पाएर आएको, मलाई तीन वटा प्रश्नको उत्तर दिनुहोस् । पहिलो प्रश्न,कुनै पनि काम गर्नको लागि सबैभन्दा सही समय कुन हो ? दोस्रो प्रश्न, सबै भन्दा महत्वपुर्ण मान्छे को हो ? तेस्रो प्रश्न, सबैभन्दा महत्वपुर्ण काम के हो ?”

साधुले राजाको प्रश्न त सुने तर उत्तर नदिइकनै जमिन खनि रहे । एक छिन खनेपछि बुढा साधु थाकेको देखेर राजाले साधुको हातबाट खन्ने भाँडो लिएर आफै जमिन खन्न थाले । साधु जमिनको छेउमा बसेर हेरिरहे । 

केहिवेर खने पछि फेरि राजाले आफ्नो तीन प्रश्नहरु पुन  दोहोर्याए । साधु चुप नै रहे । साँझ सम्म खने पनि आफ्नो प्रश्नको उत्तर नपाएपछि राजाले साधुलाई भने “म मेरो तीन प्रश्नको उत्तर तपाईले दिनसक्नुहुन्छ भनेर आएको हुँ । यदी तपाई त्यसको उत्तर दिन सक्नुहुन्न भने म र्फकेर जान्छु ।”

ठ्याक्कै त्यही बेलामा एक जाना दारी पालेको मान्छे साधुको कुटी तिर दौडिदै आँउछ । त्यस दारी पालेको मान्छेको ढाडमा छुरी रोपीएको थियो । त्यो घाइते मान्छे राजाको छेउमा आएर पल्टियो । राजा र साधु मिलेर त्यस घाइते मान्छेको घाउ सफा गरे रगत नवग्ने गरी पट्टी बाधिँदिए । त्यतिबेला सम्म रात परिसकेको थियो । त्यस रात राजा, साधु र घाइते मान्छे त्यही कुटीमा सुते । भोलिपल्ट विहान अघिल्लो दिन घाइते भएको मान्छे राजासँग रुदै भन्यो  “मलाई माफ गर्नुहोस्, म हिजो तपाईलाई मार्न आएको थिएँ । तपाईले मेरो भाइलाई सर्वस्व सहित मृत्युदण्डको फैसला सुनाउनु भएको थियो, त्यसको बदलामा म हिजो तपाईलाई मार्न आएको थिए । तपाई हिजो यहाँ नबसेर फर्केको भए हिजो मैले तपाईलाई मार्ने थिए । तर तपाईको सेनाहरुले मलाई घाइते बनाएर छाडे ।  तर तपाईले  उल्टै मेरो ज्यान बचाइदिनु भयो । मलाइै माफ गर्नुहोस । म तपाईको सेबक भएर बाँच्न चाहान्छु । 

आफ्नो शत्रु सेवक बनेकोमा राजा दंग थिए । 

ती घाइतेसगँ विदावारी गरेर राजा साधुको कुटी बाहिर आए र दरबार जान लागे । जाने बेलामा अन्तिम पटक साधुसँग सोधे “बाबा अब म जान्छु, सक्नुहुन्छ भने मेरो प्रश्नको उत्तर दिनुहोस् ।” 

साधु बल्ल बोेले “तिम्रो प्रश्नको उत्तर त तिमीलाई मिलिसक्यो !” 

राजा छक्क् परे । कसरी ?

साधुले भने “हिजो तिमी जब यँहा आयौ र मैले खनेको ठाउँमा मेरो दुख देखेर तिमिले अबेर सम्म खनेर मलाई सहयोग गर्यौ, त्यो समय तिम्रो लागि महत्वपुर्ण थियो । यदी तिमीले मलाई खन्न सहयोग नगरी फर्केर गएको भए तिमीलाई मार्न भनेर आएका तिम्रा शत्रुहरुले तिमीलाई मार्ने थिए । त्यसैले सबैभन्दा महत्वुर्ण समय तिमीले हिजो जमिन खनेको समय थियो । सबै भन्दा महत्वपुर्ण मान्छे म थिएँ । र मलाई तिमीले खन्न सघाउनु नै सबै भन्दा महत्वपुर्ण काम थियो । जब हिजो घाइते मानिस यस कुटीमा आयो, तिमीले उसलाई उसको हेरचाहा गरेको समय नै सबैभन्दा महत्वपुर्ण समय थियो । उ नै तिम्रो लागि सबै भन्दा महत्वपुर्ण मान्छे थियो । र उसको हेरचाहा नै सबैभन्दा ठुलो काम थियो ।”

त्यसैले कुनै पनि काम गर्न सबै भन्दा महत्वपुर्ण समय भनेको अहिले हो । वर्तमान हो । ष्त ष्क ल्इध । किनभने न भुत न भविष्य, कुनै पनि हाम्रो नियन्त्रणमा हुँदैन । सबै भन्दा महत्वपुर्ण मान्छे भनेको तिम्रो साथमा जो छ त्यही हो । र सबै भन्दा महत्वपुर्ण काम भनेको तिम्रो साथमा जो छ उसलाई राम्रो गर्नु हो । उसको भलो गर्नु हो । 

The Three Questions रसियन साहित्यकार LEO TOLSTOY को रचना हो । धन्यवाद । 

चरैवेति । चरैवेति ।।


Share this post:

Next Post
The Trolley Problem