Skip to content
Keshav Lekhxa
Go back

सहानुभूतिहीनता र अपराध (Empathy Deficit And Crime)

सहानुभूति=सह(संगै)+अनुभूति (अनुभव)अरूको अनुभवलाई आफ्नै जस्तो अनुभव गर्ने क्षमता।

सामान्य अर्थमा सहानुभूति भन्नाले अरूको पीडा, कष्ट वा परिस्थितिलाई आफ्नै दृष्टिकोणमा नभई, पीडित व्यक्तिको दृष्टिकोणबाट महसुस गर्ने क्षमतालाई जनाउने गरेको पाइन्छ।।नेपाली बृहद शव्दकोशले सहानुभूतिको अर्थ अरुको दुःखबाट संवेदना भई आफूलाई हुने अनुभूति; अर्काको दुःख, वेदना आदिमा हुने समान अनुभूति; अरुको दुःख देखेर वा सुनेर आफ्ना मनमा हुने सहानुभाव; समानुभूति उल्लेख गरेको पाईन्छ। सहानुभूति (Empathy)ले cognitive (बुझ्ने क्षमता) र emotional (भावनात्मक अनुभव) दुवै पक्षलाई समेट्छ। फौजदारी कानूनको दृष्टिकोणबाट हेर्ने हो भने सहानुभूति भन्नाले कुनै व्यक्तिले आफ्नो आचरणबाट उत्पन्न हुने क्षति वा पीडाको वास्तविक वा सम्भावित प्रभावलाई पीडितको दृष्टिकोणबाट बुझ्ने, महसुस गर्ने र त्यसलाई रोक्न वा न्यून पार्न प्रयत्न गर्ने मानसिक अवस्था हो। यसैगरी, सहानुभूति नभएको अवस्था नै सहानुभूतिहिनता हो। सहानुभूतिहीनता भन्नाले अर्काको पीडा वा अवस्थालाई महसुस गर्न असमर्थ हुनु वा अनिच्छा हुनु हो। यस अवस्थामा मानिसले अरूको दुख, पीडा, भय वा अपमानलाई नबुझेको जस्तो वा नदेखेझैँ व्यवहार गर्छ।सामान्यतः मनोविज्ञानमा (psychology) सहानुभूतिहीनता (empathy deficit) दुई प्रकारले प्रकट हुन्छः पहिलो, Cognitive Deficit → अरूको भावनालाई बुझ्नै नसक्ने अवस्था। दोस्रो, Emotional Deficit → बुझेर पनि भावनात्मक रूपमा महसुस नगर्ने अवस्था।Empathy deficitलाई प्रायः “Callousness” वा “Moral Insensitivity” भनेर फौजदारी न्यायशास्त्रमा चर्चा गर्ने गरेको समेत पाइन्छ।

जघन्य अपराधहरु जस्तै, जबर्जस्ती करणी तथा निर्मतापूर्वक गरिने हत्या, अन्य अपराधहरु जस्तै बालयौन दुराचार, घरेलु हिंसा, मानव बेच-बिखन आदी अपराधहरु घटाउने कसूरदारसँग प्रायसः पीडितलाई पुगेको पीडा वा क्षतिको वास्तविक वा सम्भावित प्रभावलाई पीडितको दृष्टिकोणबाट बुझ्ने, महसुस गर्ने र त्यसलाई रोक्न वा न्यून पार्न प्रयत्न गर्ने मानसिक अवस्थाको ह्रास हुन्छ।अर्को शब्दमा भन्ने हो भने त्यस्ता अपराधका कसूरदारहरुसँग पीडितलाई पीडा पुगेको छ भनेर बोध गर्न सक्ने क्षमता नै हुँदैन। सो क्षमताको ह्रास भएसँगै उनीहरु आफुले गरेको कसूरलाई JUSTIFY गर्न विभिन्न खाले FALLACY हरु निर्माण गर्न पुग्दछन्। जस्तै, जबर्जस्ती करणीको कसूर गर्ने कसूरदारले महिलाहरुलाई वास्तवमा जबर्जस्ती करणी गरेको मन पराउँछन्। नाई नाई भन्ने महिलाको बानी हो, महिलालाई कर गर्नुपर्छ, नाई नाई भन्नुको अर्थ झन् धेरै कर गर्नुपर्छ आदि। बालयौन दुराचारको कसूर गर्ने कसूरदारले मैले त माया मात्र गरेको हो, माया गर्ने आफ्नो आफ्नो तरिका हुन्छ, मैले माया गर्दा बच्चालाई पीडा हुँदैन भने किन मैले मनपर्ने तरिकाले माया गर्न नहुने आदि।

कसूरदारहरुले कसूर गर्नु अगाडी वा कसूर गर्दाकै बखतमा यस्ता FALLACY हरुले आफुले गरेको कार्यलाई SELF-JUSTIFICATION दिने गर्दछन्। यस्ता अपराधमा सहानुभूति हराउनुमा  भावनात्मक चक्र (EMOTIONAL CYCLE)को प्रयोग हुन्छ। जस्तै—बाल यौन दुराचारमा: कसूरदार सुरुवातमा रिस, उदासीपन वा एक्लोपनको भावनाले ग्रस्त हुन्छ। त्यसपछि उ बच्चासँगको “न्यानो सम्बन्ध” भन्ने कल्पनामा डुब्छ, त्यो कल्पना यौनिक बन्छ र हस्तमैथुनमा अन्त्य हुन्छ। त्यसो गर्नाले कसूरदारलाई केही समय राहत भए पनि तुरुन्तै एक्लोपन र उदासीपन झन् गहिरिन्छ। त्यसपश्चात कसूरदार वास्तविक बालबालिकामाथि आफ्नो विकृत कल्पना कार्यान्वयन गर्ने योजना बनाउन थाल्दछ। यस क्रममा कसूरदारले पीडितलाई वास्तविक बालक/बालिका नभई “वस्तु” जस्तै ठान्दछ/देख्दछ।सम्भावित पीडित बाल-बालिकासँग कसूरदारको भावनात्मक सम्बन्ध टुट्दछ। कसूरदारको बालबालिका सँग EMOTIONAL DETACHMENT हुन्छ।त्यसपछी कसूरदारले बाल-बालिकालाई एक्लो हुने तरिका रच्ने, कसूर कसरी घटाउने भनेर REHEARSE गर्ने, कसूर गरेपश्चात के गर्ने आदी योजना बनाउन थाल्दछ।सो समयमा कसूरदारसँग VICTIM’S PLIGHT बुझ्ने क्षमता नै हुँदैन।

जब कुनै मान्छेसँग अरुको भावना, विचार, वेदना, दुःख, पीडा आदी बुझ्ने क्षमता हुँदैन वा एकदम न्युन हुन्छ तब त्यस्ता मान्छेहरुले अपराध/कसूर गर्ने संभावना बढ्छ। सहानुभूतिको ह्रास हुनु भनेको मान्छे आफु केन्द्रित हुनु हो।अरुलाई बाहेक गरेर आफ्नो इच्छा, आकांक्षा, लोभ, भोक, काम, क्रोध, मोहमा मात्र सरोकार राख्ने मानिसहरु अपराध/कसूर गर्न उद्धत  हुन्छन्। पीडितको ठाँउमा बसेर एक पटक आफुले गर्न लागेको कसूरले पीडितलाई पुग्ने हानी नोक्शानीको बारे सोच्ने हो भने मानिसहरुले कसूर गर्ने संभावना एकदम न्युन हुन्छ। सहानुभूतिको उपस्थिति अपराध रोकथाम (prevention) को उपाय हो भने, यसको अनुपस्थिति पुनःअपराध (recidivism) को उच्च सम्भावना हो। तर जुन मानिसहरु सँग अरु मानिसहरुलाई सहानुभूत गर्न सक्ने क्षमताको कमी हुन्छ त्यस्ता मानिसहरुमा अरुको लागि सहानुभूति भर्न पनि चुनौतिपुर्ण नै हुन्छ।

सहानुभूतिको अभाव विभिन्न रूपले प्रकट हुन्छ—बलात्कार, बाल यौन शोषण, घरेलु हिंसा वा सायकोप्याथिक हत्यामा। PSYCHOPATHहरुको मस्तिष्क नै फरक ढङ्गले काम गर्छ: उनीहरूको मस्तिकले “हत्या” जस्ता भावनात्मक शब्दलाई “कुर्सी” जस्तै तटस्थ शब्द सरह लिन्छ भन्ने समेत विभिन्न अध्ययनहरुले देखाएको पाईन्छ। पीडाको डर महसुस नगर्ने हुनाले उनीहरूलाई सजायको भय नै हुँदैन। जब आफूले नै पीडा र डर महसुस गर्न सक्दैनन्, तब अरूको पीडाप्रति करुणा वा सहानुभूति हुने सम्भावना पनि हुँदैन। अदालतले  सजाय निर्धारण (sentencing) गर्दा, सहानुभूति देखाउने कसूरदारलाई पुनःस्थापना (rehabilitation) को सम्भावना बढी देखि सोही किषिमको सजायको मात्रा समेत निर्धारण गर्ने गरेको पाईन्छ। तर सहानुभूतिहीन कसूरदार जसले निर्मतापुर्वक कसूर गर्दछ त्यस्ता कसूदारलाई  उच्च सामाजिक खतरा” को रूपमा व्याख्या गरी कठोर सजाय (deterrent punishment) दिने गरेको अदालती अभ्यास रहेको देखिन्छ।

To be continued..

चरैवेती।चरैवेती।।

बारुदखान, तानसेन, पाल्पा ।


Share this post:

Previous Post
दिलशोभा
Next Post
स्याल र हात्ती